काठमाडौं महानगरपालिका : बालेनले ६३३ ल्याउँदा स्थापितको ४७४ मत

काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।
पछिल्लो समय आएको परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाह अगाडि देखिएका छन् ।
अहिलेसम्म गणना भएका मतमा स्वतन्त्र उम्मेदवार बालेन शाह ६३३ मतका साथ अग्रस्थानमा छन्।
वडा नम्बर १, २, ३, ४ र ३२ को १९८० मत गन्दा बालेनले सबै प्रतिष्पर्धीलाई उछिनेका हुन्।
उनलाई एमालेका केशव स्थापितले ४७४ मतका साथ पछ्याइरहेका छन्।
गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३३५ मत पाएकी छन् भने राप्रपाका मदनदास श्रेष्ठले ८२ मत पाएका छन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


