महोत्तरी, ३१ बैशाख । महोत्तरीको मनरा सिस्वा नगरपालिकामा नेकपा एमालेका उम्मेदवार राजेन्द्र साह तेलीको अग्रता कायम रहेको छ ।

शुरुवातदेखि नै अग्रता कायम गरेको राजेन्द्रले ७०९ मत ल्याएका छन् ।

दोस्रो स्थानमा नेपाली कांग्रेसका मोहन पाण्डेयले ६७३ मत पाएका हुन् । यस्तै जसपाका उम्मेदवार महेन्द्र रायले ४२८ र लोसपाका संजय कुमार सिंहले २७६ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा नेकपा एमालेकी पुष्पा कुमारीले ६९२, कांग्रेसका उम्मेदवार शकुन्तला देवीले ६५९,  जसपाकी निर्मला कुमारी देवी सिंहले ४१९ र लोसपाकी रमिता प्रधानले २६४ मत प्राप्त गरेकी छन् ।