महोत्तरी, ३१ बैशाख । महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणनामा धाँधली गरेको भन्दै नेकपा एमाले आन्दोलनमा उत्रेको छ ।

निर्वाचन कार्यालय बर्दिबासले मतगणना सकिएपछि माओवादी केन्द्रका उम्मेदवार समसेर सिंहलाई वडा न. ८ वाट वडा अध्यक्षमा विजयी भएको घोषणा गरेको थियो ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रुद्र किङरिङ्गलाइ ९ मतले पछाडि पार्दै समसेर सिंह विजयी भएको घोषणापछि निर्वाचन आयोगको निर्णय नमान्ने भन्दै नेकपा एमालेले प्रदर्शन गरेका हुन् ।

माओवादी केन्द्रले पाएको ९ मत नेकपा एमालेको भएको दावी गर्दै विजयी नेकपा एमाले नै हुनुपर्ने एमाले बर्दिबासको अडान छ ।

निर्वाचन आयोगले मतगणनामा धाँधली गरेको हुन सक्ने बताउदै एमालेले पुनः मतगणना गर्न माग गरेको छ तर निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार मतगणनामा धाँधली नभएको र घोषणा गरेको उम्मेदवार नै विजयी भएका छन ।

यता माओवादी केन्द्र पनि पुनः मतगणना गर्न नसकिने भन्दै उक्त प्रक्रियाबाट बाहिरिएको छ ।

अहिले सोही विवाद कै कारण मतगणना प्रक्रिया अवरुद्ध बनेको छ भने बाहिर सडकमा कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन ।

निर्वाचन आयोगले नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी रुद्र किङ्गरिङ्गलाइ ८ मतले उछिन्दै विजयी हासिल गरेको घोषणा गरेको थियो ।

निर्वाचन अधिकृतले घोषणा गरेको मतअनुसार समसेर सिंह लामाले ७५३ मत र रुद्र किङ्गरिङ्गले ७४३ मत प्राप्त गरेका छन ।

विरोधकै कारण मतगणना प्रक्रियासमेत २ घण्टादेखि रोकिएको छ । माओवादी केन्द्रले भने विजय जुलुस निकालेका छन ।