काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा होमिएका बालेन शाह मत परिणाममा अगाडि रहेका छन् ।

उनलाई नेपाली कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी छिन् । नेकपा एमालेका केशव स्थापित तेस्रो नम्बरमा छन् ।

चौथो नम्बरमा स्वतन्त्र उम्मेदवार सुमन सायमी छन् भने चौथोमा मदनदास श्रेष्ठ छन् ।

पछिल्लो मत परिणामअनुसार बालेन शाहले ४८० मत ल्याउँदा सिर्जना सिंहले २८० मत ल्याएकी छिन् ।

एमालेका स्थापितले २ सय मत ल्याएका छन् । सुमन सायमीले ७९ मत ल्याएका छन् भने राप्रपाका मदनदास श्रेष्ठले २१ मत ल्याएका छन् ।