जनकपुरधाम, ३१ बैशाख । धनुषामा नेकपा एकीकृत समाजवादी पार्टीले खाता खोलेको छ ।

धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर–१ को वडाध्यक्षमा जित हासिल गर्दै एकीकृत समाजवादी पार्टीले खाता खोलेको हो ।

सो वडामा एकीकृत समाजवादीका उम्मेदवार सन्तोष गोइत विजयी भएका हुन् ।

गोइतले ४१२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवनाथ मैरता यादवले ३२४ मत ल्याएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए ।

सदस्यमा सोही पार्टीका मोहन यादव र रामप्रगास हलुवाई, महिला सदस्यमा सिमलादेवी माझी र दलित महिला सदस्यमा अरहुला देवी निर्वाचित भएका छन् ।