सर्लाहीको कौडेना तनावग्रस्त, प्रहरीद्वारा पाँच राउण्ड हवाई फायर

जनकपुरधाम, ३१ बैशाख । सर्लाहीको कौडेना गाउँपालिका तनावग्रस्त बनेको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।
कौडेना गाउँपालिका वडा नम्बर–४ मोतिपुरमा शुक्रबार नेपाली काँग्रेसले अन्य दलका मतदातालाई भगाएर एकपक्षिय रुपमा मतदान गरेको भन्दै त्यसलाई बदर गर्नुपर्ने काँग्रेस वाहेकका दलले माग गर्दै आएको छ ।
त्यसै विषयलाई लिएर अहिले गाउँपालिका भवनमा राखिएको मतपेटिका स्थलमा ढुंगामुढा भएपछि प्रहरीले ५ राउण्ड हवाई फायर गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


