महोत्तरी, ३० बैशाख । महोत्तरीको एक मतदान केन्द्रका निर्वाचन अधिकृतले कर्मचारीसँग श्रमशोषण गरेको आरोप लगाइएको छ ।

बर्दिबास नगरपालिका–९ पशुपतिनगरस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको मतदान केन्द्रका अधिकृत दिनेश पाण्डेले कर्मचारीसँग तीन दिनको  नियुक्तिमा एक दिनको भत्ता मात्र उपलब्ध गराएको आरोप लागेको हो ।

उक्त मतदान केन्द्रमा मसि लगाउन  खटिएकी स्वयंसेवक अमिरकला सिंहसहित तीन जनासँग तीन दिनको नियुक्तिमा एक दिनको भत्ता मात्र उपलब्ध गराइएको छ ।

अमिरकलाले भनिन्, ‘आफूसहित खटिएका अन्य तीन जनालाई २८, २९ र ३० गते गरि तीन दिनको नियुक्ति दिइएको थियो ।  तर, आज भत्ता भने एक दिनको मात्रै उपलब्ध गराइएको छ ।’