सिरहा, ३० बैशाख । सिरहामा चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने ६५ वर्षिय रावीन्द्र महतो रहेकी छन् ।

गाउँ नजिकै भौसी चराउन गएकी महतोको शुक्रबार अपरान्ह वर्षासहितको हावाहुरी चलेको बेला चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जनाएको छ । चट्याङ लागेर उनको भैसी समेत मरेको स्थानीय शिक्षकप्रमोद सिंहले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गाउँदेखि पूर्वतर्फ भैंसी चराइरहेका बेला परेको चट्याङले उनको शरिरको केही भाग जलेको जस्तो देखिएको छ ।

मृतक वृद्धाको शव पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।