पर्साको छिपहरमाई गाउँपालिकामा ४ राउण्ड हवाई फायर

पर्सा, ३० बैशाख । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर–१ मिर्जापुरमा ४ राउण्ड हवाई फायर भएको छ ।
सत्ता गठबन्धनमा आबद्ध दल र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।
दुई पक्षले ढुंगाहानाहान गरेर स्थिति तनावपूर्ण बनेपछि ४ राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख रमेश बस्नेतले जानकारी दिए ।
अहिले त्यहाँको स्थिति सामान्न बनिसकेको र मतदान पनि सञ्चालन भइरहेको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


