धनुषामा १०३ वर्षीया वृद्धाले गरिन् मतदान

जनकपुरधाम, ३० बैशाख । धनुषामा १०३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ स्थित आबुजुडी बजार मतदान केन्द्रबाट रत्नकुमारी खड्काले मतदान गरेकी हुन् ।
खड्काले बिहान ८ बजेर ३५ मिनेटमा आफ्नी नातिनीको सहयोगमा मतदान गरेको मतदान अधिकृत रामबाबु ठाकुरले बताए ।
आफ्नो गाउँठाउँको विकास होस् भन्दै आफूले मतदान गरेको खड्काले बताइन् । धनुषाका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान जारी रहेको छ । दिउँसो साढे २ बजेसम्म ४० प्रतिशत मतदान भइसकेको छ ।
मतदानमा मतदाताको उत्साहजनक सहभागिता रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


