जनकपुरधाम, ३० बैशाख । धनुषाको एक मतदान केन्द्रका मतदान अधिकृत पक्राउ परेका छन् ।

जिल्लाको मिथिला नगरपालिका–९ स्थित सार्वजनिक मावि मतदान केन्द्रका मतदान अधिकृत किरण सिंह पक्राउ परेका हुन् ।

मतदान अधिकृत सिंह आफैंले मतपत्रमा छाप हानिरहेको अवस्थामा पक्राउ परेका छन् ।

दुईवटा मत छापिरहेको अवस्थामा पोल एजेन्टहरूले देखेपछि केहिबेर मतदान स्थगित भएको थियो ।

५ मिनेटमै सिंहले दुईवटा मतपत्रमा रुख छापमा मोहर लगाएको स्थानीय पोल एजेन्टले बताए ।

मतदान अधिकृत सिंह स्थानीयबासिन्दा हुन् । उनको घरपरिवार नेपाली कांग्रेसका समर्थक छन् ।

स्थानीय भएकै कारण माफी मागेपछि उनलाई सबैले माफ गरिदिएको स्थानीयले बताएका छन् ।

उनले अब यस्तो नगर्ने प्रतिबद्धता गरी माफी मागेपछि मतदान सुरु भएको छ ।