धनुषामा भिभिआइपीहरुले कहाँबाट गरे मतदान ?

जनकपुरधाम, ३० बैशाख । धनुषामा स्थानीय तहको निर्वाचनमा भिभिआइपीहरुले पनि मतदान गरेका छन् ।
शुक्रबार विहान ७ बजेदेखि स्थानीय तहको निर्वाचन सुरु भएको थियो ।
धनुषामा पूर्वराष्ट्रपति रामवरण यादवले लक्ष्मिनीया गाउँपालिका–४ स्थित सपहीमा रहेको विपी कोइराला माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् ।

नेकपा एमालेका केन्द्रिय सचिव रघुवीर महासेठ र एमाले नेतृ एवं पूर्वमन्त्री जुलीकुमारी महतोले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ स्थित सहृदय पुस्तकालय मतदान स्थलबाट मतदान गरेका छन् ।


त्यस्तै, नेपाली काँग्रेसका नेता समेत रहेका पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले धनुषाको नगराईन नगरपालिकास्थित राजेश्वरी निधि उच्च माध्यमिक विद्यालय स्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवम् पूर्वमन्त्री मातृकाप्रसाद यादवले बिहान साढे ७ बजे धनुषाको सबैला नगरपालिका वडा नम्बर–२ स्थित रामप्रसाद उच्च माध्यमिक विद्यालयबाट मतदान गरेका छन् ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–१० स्थित कमला हर्दिनाथ सिचाइ आयोजनाको भवन डुमरिया मतदान केन्द्रमा मतदान गरेकी हुन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


