रौतहट, ३० बैशाख । रौतहटको गौरमा मतदान केन्द्रभित्र छिर्न खोज्दा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध स्थानीयले नाराबाजी गरेका छन् ।

सदरमुकाम गौरको विभिन्न वडाको मतदान केन्द्रमा घुम्ने क्रममा वडा नं. ५ गौरी शंकर यादव रौतहट क्याम्पस मतदान केन्द्रभित्र छिर्न खोज्दा उनीविरुद्ध स्थानीयले नाराबाजी गरेका हुन् ।

गौर–२ स्थित राम जानकी कन्या प्राविमा मत खसालेर गौरी शंकर क्याम्पसको बुथमा छिर्न क्रममा नाराबाजी भएपछि उनी सुरक्षाकर्मीको सहयोगमा त्यहाँबाट बाहिर निस्किएका छन् ।