सप्तरी, ३० बैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित एक मतदानस्थलमा तोडफोड भएको छ भने मतदान अधिकृतमाथि समेत कुटपिट गरिएको छ ।

वडा नम्वर–२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिहरुले मतपेटिका तोडफोड गरेका छन् । उनीहरुले मतदानमा खटिएका मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्दै मतपेटिका तोडफोड गरेका हुन् ।

कुटपिटबाट मतदान अधिकृत यादव घाइते भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले बताए । यादवलाई उपचाको लागि राजविराजतर्फ पठाइएको छ भने घटनापछि तत्काललाई मतदान स्थगित भएको जनाएको छ ।