बाराको मतदान केन्द्रमा काँग्रेस र लोसपाबीच झडप

बारा, ३० बैशाख । बाराको देवताल गााउँपालिका वडा नम्बर–७ स्थित पिपरपाति प्राविको मतदान केन्द्रमा नेपाली काँग्रेस र लोसपाबीच झडप भएको छ ।
झडपमा दुवै दलका वडाध्यक्षका उम्मेदवार सामान्य घाइते भएका छन् ।
लोसपाका वडाध्यक्षका उम्मेदवार विकास कुमार सिंहले एक वृद्ध मतदाताको मतपत्र लिएपछि त्यही विषयलाई लिएर कांग्रेसका वडाध्यक्षका उम्मेदवार सत्यन्द्र यादव समूहले विरोध गरेपछि विवादले झडपको रुप लिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


