मत खरीद गर्ने कार्य लोकतन्त्रमा अवाञ्छनीय प्रवृति फैलाउने दुष्कर्म : तमलोपा

जनकपुरधाम, २९ बैशाख । तराई–मधेश लोकतान्त्रिक पार्टीले निर्वाचनमा पैसाको चलखेल र मत खरीद गर्ने कार्य लोकतन्त्रमा अवाञ्छनीय प्रवृति फैलाउने दुष्कर्म रहेको ठकर गरेको छ ।
अध्यक्ष, तमलोपाका धनुषा जिल्ला अध्यक्ष धिरेन्द्र बहादुर सिंहले बिहीबार एक विज्ञप्ती जारी गर्दै यस्ता दुष्कर्मले जनताको सर्वोच्चताको अपमान गर्ने बताएका हुन् ।
विज्ञप्तीमा भनिएको छ, ‘जनकपुरधाम उपमहानगरपालिका लगायत विभिन्न स्थानहरुमा मत खरीद गर्न केही उम्मेदवारहरुबाट भइरहेको अवाञ्छनीय गतिविधिहरू जनता समक्ष सार्वजनिक भएको र यस्ता गतिविधिहरु व्यापक रुपमा भइरहेको तथ्यको यी संकेत मात्र रहेको भन्दै तराई–मधेश लोकतान्त्रिक पार्टी लोकतन्त्र बिरोधी यी अवाञ्छनीय गतिविधिको घोर विरोध गर्दछ ।’
निर्वाचन आयोग र प्रशासन आचारसंहिता विपरितका यस्ता गतिविधिहरूप्रति असंवेदनशील रहेको ठहर गर्दै तमलोपाले यसतर्फ सक्रियतापूर्वक प्रभावकारी कारबाहीको माग गरेको छ ।
तराई–मधेश लोकतान्त्रिक पार्टी कुनै प्रभावमा नपरी निर्भिकतापूर्वक यस्ता अस्वीकार्य गतिविधिको विरोधमा उत्रन अनुरोधसमेत गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


