प्रचण्ड चितवन गएपछि सिडिओ, प्रदेश प्रहरी प्रमुखलाई निर्वाचन आयोगको स्पष्टीकरण

काठमाडौं, २९ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चितवन भ्रमणलाई लिएर निर्वाचन आयोगले बागमती प्रदेश प्रहरी प्रमुख, चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई स्पष्टीकरण सोधेको छ ।
आयोगले चितवन भरतपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई स्पष्टीकरण सोधेको हो ।
बिहीबार आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भरतपुर पुगेको र मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न दिएको विषयलाई लिएर उनीहरूलाई स्पष्टीकरण सोधेको हो ।
यसअघि आजै प्रचण्डलाई पनि आयोगले स्पष्टीकरण सोधेको थियो । प्रचण्डलाई यसअघि पनि आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


