सर्लाही, २९ बैशाख । प्रहरीले सर्लाहीबाट लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको मलंगवा नगरपालिका–८ बस्ने १९ बर्षीय रुस्तम कुमार यादव रहेको प्रहरीले जनाएको छ ।

यादवलाई प्लाष्टिको पोकामा बेरिएको समान टाउकोमा बोकेर हिँडिरहेको अवस्थामा खटिएको प्रहरी टोलीले शंकाको आधारमा राजश्री हल नजिकै चेकजाँच गर्दा १३ किलो ९ सय ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।