काठमाडौं, २९ बैशाख । नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ रिहा भएका छन् ।

आज बिहान दाङको भालुवाङबाट पक्राउ परेका उनलाई सोधपुछपछि रिहा गरिएको दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए ।

चुनाव बहिष्कार गर्ने गतिविधि सञ्चालन गर्न खोजेको आशंकामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएपछि पार्टीका महाधिवेशन आयोजक समितिका तर्फबाट हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले उनको रिहाइको माग गर्दै आज नै विज्ञप्ति जारी गरेका थिए ।

उनले विज्ञप्तिमा आफ्नो पार्टीले कुनै पनि विस्फोटनजन्य र सशस्त्र बहिष्कार गर्ने नीति नलिएको पनि स्पष्ट पारेका छन् ।