सुर्खेत, २९ बैशाख । सुर्खेतको गुर्भाकोट नगरपालिकामा मतदातालाई पैसा बाँड्दै गरेका एमालेका वडाध्यक्ष उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ ।

गुर्भाकोट नगरपालिका–११ वडास्थित आँपसोतीमा मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा एमालेबाट वडाध्यक्षको उम्मेदवार रहेका राजन बिसीलाई प्रहरीले बुधबार राति रंगेहात पक्राउ गरेको हो ।

उनको साथबाट १ लाख १२ हजार रुपैयाँ नगदसमेत बरामद गरिएको छ । बिसीलाई निर्वाचन कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।