प्यूठान, २८ बैशाख । प्यूठानमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा ४ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिकाको हशंपुरमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाका अनुसार चार जना घाइते भएकोका हुन् । एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार झगबहादुर विश्वकर्माले आफूमाथि कुटपिट भएको बताए ।

उनले सामाजिक सञ्जालमा गठबन्धनका नेता–कार्यकर्ताले आफू सवार गाडी जलाउने र आफूलाई मार्नेसम्मको प्रयास गरेको आरोप लगाएका छन् । यद्यपि घटनाबारे दुवै पक्षले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि अहिले मौन अवधि जारी छ ।