गंगा दाहालले आचारसंहिताविपरीत दिदीका लागि मागिन् भोट

काठमाडौं, २८ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले निर्वाचन आचारसंहिताविपरित गठबन्धनका उम्मेदवारलाई भोट मागेकी छन् ।
मंगलबार रातिदेखि मौन अवधि सुरु भएपनि उनले बुधबार मध्यान्ह साढे १२ बजे सामाजिक सञ्जालमार्फत मत मागेकी हुन् ।
प्रचण्ड पुत्री दाहालले आफ्नो दिदी रेनु दाहालको तस्बिर राख्दै ‘गठबन्धनका उम्मेदवारलाई किन भोट दिने?’ भनेर तयार पारिएको प्रचार सामग्री सेयर गरेकी छन् । रेनु यसपालि पनि चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा उठेकी छन् ।
उनी त्यहाँ गठबन्धनकी साझा उम्मेदवार हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


