कपिलवस्तु, २८ बैशाख । मतदातालाई बाँड्दै गरेको अवस्थामा कपिलवस्तु नगरपालिका–३ सानो बर्गदहवाबाट प्रहरीले रक्सी बरामद गरेको छ ।

बुधबार कपिलवस्तु प्रहरीले लु १ ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको देखेपछि बरामद गरेको हो ।प्रहरीले बाँड्न लागेको रक्सीसहितको भ्यान र मानिसलाई नियन्त्रणमा लिएको छ ।

१२ कार्टुन (२६० बोतल) रक्सीसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी जेसी शाहले बताए ।

निवर्तमान वडा अध्यक्ष तथा क्रिकेट एसोसिएसन कपिलवस्तुका अध्यक्ष समेत रहेका वडा नम्बर ३ का उम्मेदवार प्रकाश गैरेमाथि रक्सी बाँड्न लगाएको आरोप छ ।