आचारसंहिता विपरीत बाँड्न लैजाँदै गरेको खानेपानीको पाइप स्थानीयको नियन्त्रणमा

मकवानपुर, २८ बैशाख । पूर्वी मकवानपुरमा निर्वाचन आचारसंहिता विपरीत बाँड्न लैजाँदै गरेको खानेपानीको पाइप स्थानीयले रोकेका छन् ।
बुधबार दिउँसो बकैया गाउँपालिका–७ को हर्दा हुँदै माथिल्लो विकट गाउँमा मतदातालाई प्रभावित पार्ने उदेश्यले खानेपानीको पाइप बाँड्न लैजाँदै गरेको अवस्थामा एमालेबाट बकैया–७ का उम्मेदवारसहित स्थानीयले रोकेका हुन् ।
बा ११ च ७९११ नम्बरको पिकअप भ्यानमा लैजाँदै गरेको ३ क्वाइल खानेपानीको पाइप नेपाली कांग्रेसले बाँड्न लागेको स्थानीयले आरोप लगाएका छन् ।
स्थानीय र सवारी चालकबीच विवाद भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । भ्यान चालकले पाइप सडकमै झारेर फर्किएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
उनले घटनास्थलनजिकै मतदानको बुथ रहेको र बुथ छोड्न नमिल्ने भन्दै प्रहरीले खानेपानीको पाइप सोही स्थानमा छोडेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


