निर्वाचन आयोगले आज र भोलि मतदाता शिक्षा दिँदै

काठमाडौं, २८ बैशाख । निर्वाचन आयोगले आज र भोलि मतदाता शिक्षा दिइरहेको छ ।
नयाँ मतदाताहरूलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले मतदाता शिक्षामा समेटेर त्यसलाई सिकाइने काम भइरहेको आयोगले जनाएको छ ।
आयोगले सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिकाउनेछ ।
स्थानीय तहको निर्वाचनका लागि मंगलबार राति १२ बजेबाट नै मौन अवधि सुरु भइसकेको छ । यो अवधिमा उम्मेदवार, नेता÷कार्यकर्ताले कुनै पनि प्रचारप्रसार र विभिन्न माध्यमबाट भोट माग्न पाउने छैनन् ।
निगरानीको लागि आयोगले अनुगमन टोली खटाइसकेको छ । आयोगले निर्वाचन आचार संहिताविपरीत काम गरेको पाइएमा तत्काल कारबाही गर्नसक्ने अधिकार प्रदान गरेर टोली खटाएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


