समाजवादीका मेयर उम्मेदवार एमालेमा प्रवेश

हेटौंडा, २७ बैशाख । नेकपा एकीकृत समाजवादी पार्टीबाट हेटौंडा उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार रोमप्रसाद भुर्तेल नेकपा एमालेमा प्रवेश गरेका छन् ।
मंगलबार हेटौंडा–४ मा भएको सभामा उनी एमाले प्रवेश गरेका हुन् ।
भुर्तेललाई एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेलले स्वागत गरे ।
भुर्तेलले विकास र समृद्धिका कारण एमाले रोजेको बताए । देशमा अरू कुनै पार्टीको अस्तित्व नरहने र एमाले नै देश विकासको संवाहक भएको पनि उनले दाबी गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


