उदयपुर, २७ बैशाख । उदयपुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राई रहेको प्रहरीले जनाएको छ ।

किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैशाख ७ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–६ फक्टपुरबाट सोमबार पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।