स्थानीयकै सल्लाह सुझाव अनुसार आफूले उम्मेदवारी दिएको अजयको स्पष्टोक्ति

जनकपुरधाम, २६ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार अजय यादवले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारलाई मुख्य आधार बनाएर आफुले गाउँ र स्थानीयवासीको विकास तथा निर्माणका लागि स्थानीयहरुकै सल्लाह सुझाव अनुसार उम्मेदवारी दिएको बताएका छन् ।
सोमबार स्थानीयवासीसँग गरेको अन्तरक्रिया कार्यक्रममा नेता यादवले समुन्नत, हराभरा र नमूना गाउँ निर्माणका लागि आफुले उम्मेदवारी दिएको बताएका हुन् ।
अध्यक्ष पदका उम्मेदवार यादवले लक्ष्मिनीयाँ गाउँपालिकाको समग्र विकास नै आफ्नो मुख्य लक्ष्य रहेकोसमेत बताए ।
उनले आफ्नै गाउँ ठाउँमा कृषिक्षेत्रमा रोजगारीको व्यवस्था समेत हुने भएकाले यूवालाई गाउँमै रोजगारीको सिर्जना गरिने बताए ।
यादवले गाउँपालिकाभित्रका विद्यालयको सुधार गर्ने, बालमैत्री, अपांग मैत्री, अभिभावक मैत्रीपूर्ण शिक्षालय र कृषिलाई मुख्य प्राथमिकतासहित कार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


