जानकी नवमीको अवसरमा मंगलबार मधेस प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम, २६ बैशाख । मधेस प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।
जानकी नवमीको अवसरमा मधेस प्रदेश सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारले २०७९ मा ११ दिन बिदा सम्बन्धि प्रकाशित गरेको राजपत्र अनुसार मंगलबार सार्वजनिक बिदा परेको हो ।

