मकवानपुरमा गठबन्धन दलकै कार्यकर्ताबीच कुटाकुट

मकवानपुर, २६ बैशाख । चुनावी माहोलको विषयमा मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनकै दलका कार्यकर्ताबीच कुटाकुट भएको छ ।
बकैया गाउँपालिका–७ कत्लेखोलामा भएको कुटपिटबाट दुई जना घाइते भएका छन् ।
चुनावी माहोलको विषयमा लफडा हुँदा नेपाली कांग्रेसनिकट रामबहादुर राईले २०–२५ जना कार्यकर्ताको परिचालन गरि माओवादी केन्द्रका कत्लेखोला टोल कमिटी अध्यक्ष विष्णु राई र राप्रपा गाउँकमिटी उपाध्यक्ष हरि राईलाई निर्घात कुटपिट गरेको माओवादी केन्द्र मकवानपुरकी नेतृ तथा स्थानीय निर्वाचनको लागि बकैया–७ की चुनावी कमाण्डर लक्ष्मी माझी‘कृपा’ले जानकारी दिइन् ।
घाइते विष्णु र हरिको हेटौँडा स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको माझीको भनाइ छ । घटनाबारे जानकारी दिँदै प्रहरी कार्यालय हात्तिसुडेका सई दमन तामाङले दुवै पक्षको निवेदन आएको र घाइतेको उपचारपश्चात घटनाको विषयमा थप छानबिन हुने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


