जनकपुरधाम–७ मा मुन्नाको विशाल र्याली

जनकपुरधाम, २६ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ मा नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदका उम्मेदवार निरज कुमार साह (मुन्ना)ले आफ्नो वडालाई मुलुककै नमुना वडा बनाउने उद्घोष गरेका छन् ।
सोमबार आफ्नो वडामा विशाल र्यालीको आयोजना गर्दै मुन्नाले आफू निर्वाचित भए वडाको चौतर्फि विकास गरेर मुलुककै नमूना वडाको रुपमा स्थापित गर्ने दावी गरेका हुन् ।
मुन्नाले वडा नम्बर–७ मा पूर्वाधारसहितको विकास, सरसफाइ, सार्वजनिक शौचालय र विकास निर्माणलाई झनै सहज बनाई स्थानीयवासीको आवश्यकता अनुसार विभिन्न क्षेत्रमा सुधारसँगै सरसल्लाह लिएर अघि बढ्ने बताए ।
उनले आफू निर्वाचित हुँदा मिसन र भिजनका साथ वडाको विकास गर्नुका साथै भ्रष्टाचारमुक्त गर्ने, सरकारी विद्यालयलाई उच्च शिक्षास्तरको बनाउने प्रतिबद्धता जनाए ।
उनले वडाभित्रको मठमन्दिर, पोखरी, मस्जीद सौन्दर्यीकरण गर्ने, प्राथमिक स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टर बनाउन पहल गर्ने, सार्वजनिक जग्गालाई भूमाफियाबाट संरक्षण गर्ने, वडाबासीको एक एक समस्यालाई समाधान गर्ने, लामखुट्टे रहित सफासुग्घरसहितको वडा बनाउनेलगायतका कार्ययोजना रहेको समेत स्थानीयलाई सुनाएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


