जेठ ३ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं, २५ बैशाख । सरकारले जेठ ३ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
संविधान अनुसार जेठ १४ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ । त्यसअघि बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


