धनगढीमा एक युवकमाथि पत्रकारले गरे कुटपिट

धनगढी, २५ बैशाख । कैलालीको धनगढीमा एक युवकमाथि पत्रकारले कुटपिट गरेका छन् ।
‘ग्यालेक्सी फोर के’ टेलिभिजनमा कार्यरत पत्रकार योगेन्द्र भण्डारीको समूहले आफूलाई निर्घात कुटपिट गरेको पीडित आदित्य जोशीले आरोप लगाएका छन् ।
धनगढी उपमहानगरपालिका–५ बस्ने २४ वर्षीया पीडित जोशीले धनगढी–२ स्थित फारवेष्ट जिम सेन्टरमा आफूमाथि भण्डारीको समूहले हातपात गरेको आरोप लगाएका छन् । उनले आफूलाई चारजनाको समूहले फलामको रड र हतियार प्रहार गरेको बताए ।
कुटिएको भनिएका पीडित जोशी निवेदन दिन जिल्ला प्रहरी कार्यालय कैलाली पुगेका छन् । उनी निवेदन लिएर आएको र घटना बारेमा सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
पत्रकार भण्डारीले घटना भएको स्वीकार गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


