काठमाडौं, २५ बैशाख । स्थानीय तहको निर्वाचनका दिन आन्तरिकतर्फको उडान नहुने भएको छ ।

वायुसेवा सञ्चालक संघ नेपालले ३० वैशाखमा मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडानबाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको हो ।

संघले आइतबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९’ अनुसार संघमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका जनाएको हो ।