सप्तरीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, पाँचजना घाइते

सप्तरी, २४ बैशाख । मधेस प्रदेशको सप्तरी जिल्लामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी दुबै पक्षका गरी पाँचजना घाइते भएका छन् ।
शुक्रबार राति अग्निसाइर कृष्णसवरन गाउँपालिका–६ मोहनपुरमा भएको झडपमा परी एमालेका तीनजना र कांग्रेसका दुईजना कार्यकर्ता घाइते भएका हुन् । झडपमा एमालेका ५५ वर्षीय टीकाराम अधिकारी, २६ वर्षीय सुमन परियार र एक महिला घाइते भएका छन् ।
त्यसैगरी, कांग्रेसका ४५ वर्षीय धनबहादुर राई र ३२ वर्षीय अतिफ वासिममाथि खुकुरी प्रहार गरिएको नेपाली कांग्रेस सप्तरीले जनाएको छ ।
सुकुम्बासी टोल पुगेका एमालेका कार्यकर्ता उज्वल अधिकारी र कांग्रेसका कार्यकर्ता धनबहादुर राईबीच सुरुमा वादविवाद बढेर झगडा भएको थियो । प्रहरी पुगेर विवादलाई सामान्य बनाएर घर पठाएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


