जनकनन्दिनी गाउँपालिकाका निवर्तमान अध्यक्ष शेखको निधन

जनकपुरधाम, २४ बैशाख । धनुषाको जनकनन्दिनी गाउँपालिकाका निवर्तमान अध्यक्ष अब्दुल बारिक शेखको निधन भएको छ ।
विगत लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहेका शेखको शनिबार बेलुकी साढे ८ बजे निधन भएको हो ।
जनकनन्दिनी गाउँपालिकामा जनप्रतिनीधिहरुमध्ये नेतृत्वकर्ताको भूमिकामा सदैव देखिएका शेखको निधनले सिँगो गाउँ नै शोकमा डुबेको छ ।
नेपाली काँग्रेसबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा भारी मतले निर्वाचित भएका शेख आफ्नो कार्यकाल सफलतापूर्वक निर्वाह गर्ने जनप्रतिनीधिमध्येका एक थिए ।
शेखको पार्थिव शरीरलाई आइतबार बिहान ईस्लाम रितिरिवाज अनुसार अन्तिम संस्कार गरिने परिवारजनले जनाएका छन् ।
शेखको निधनप्रति नेपाली काँग्रेसका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


