हंसपुर नगरपालिकालाई नमूना नगरपालिका बनाउने मण्डलको प्रतिवद्धता

जनकपुरधाम, २४ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टीबाट धनुषाका हंसपुर नगरपालिका मेयर पदका उम्मेदवार रामज्ञान मण्डलले घरदैलो कार्यक्रमलाई तिव्र पारेका छन ।
निर्वतमान मेयर समेत रहेका मण्डलले हंसपुर नगरपालिकाको वडा नम्बर–३ मा उपप्रमुखको उम्मेदवार दिपिका सदासँगै घरदैलो तिव्र बनाएका हुन् ।
शनिबार स्थानीय जनतासँग सुखदुःख साटासाट गर्दै हंसपुर नगरपालिकालाई नमूना नगरपालिका बनाउने प्रतिबद्धता समेत जनाएका छन् ।
मण्डलले प्रत्येक स्थानीयबासीको घरघरमा गएर बुढापाकाबाट आर्शिवाद थाप्नुका साथै युवासाथीहरुको सहयोग सद्भावको वचनबद्धता लिदैं नगरपालिकालाई देशमै नमूना नगरपालिकाको रुपमा स्थापित गर्न नितीगत योजनाहरु अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
मण्डलले आफ्नो पहिलो कार्यकालमा हंसपुर नगरपालिकामा बाटोघाटो, सिचाई, शिक्षा र स्वास्थ्यमा अपेक्षा अनुसार नभएपनि धेरै विकास भएको दाबी गरे ।
उनले भने, ‘पछिल्लो कार्यकालमा गर्न नसकेका कामहरु वैदेशिक रोजगारमा जानेहरुलाई आवश्क सीपको व्यवस्था, नगर बसको व्यवस्था, कृषि भण्डार सहितको आधुनिक बजारको अब व्यवस्था गर्नेछु ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


