जनकपुरधाम, २४ बैशाख । धनुषामा जनता समाजवादी पार्टी नेपालका एक नगरप्रमुखका उम्मेदवारले नेपाली काँग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन् ।

धनुषाको बटेश्वर गाउँपालिकामा जसपाबाट अध्यक्ष पदका उम्मेदवार राजकिशोर महतोले नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार रामअशिष महतोलाई समर्थन गरेका हुन् ।

शनिबार उनले काँग्रेस उम्मेदवार महतोलाई समर्थन गरेका छन् ।

आफू जित्न नसक्ने अवस्थामा रहेकोले गठबन्धन भित्रकै जित्न सक्ने पार्टीका उम्मेदवारलाई समर्थन गर्नुपर्ने गठबन्धनको सर्कुलर अनुसार कांग्रेस उम्मेदवार रामअशिषलाई समर्थन गरेको राजकिशोरले बताए ।

उनले अब पालिका प्रमुखमा काँग्रेसको रुख छापमा मतदान गर्न जसपाका नेताकार्यकर्तालाई आग्रह गरे ।

जसपाले समर्थन गरेपछि काँग्रेस उम्मेदवार रामअशिषले धन्यवाद ज्ञापन गर्दै अब आफ्नो जीत सुनिश्चित जस्तै भएको दावी गरे । पार्टीको अवस्था बलियो,मतदाताको सहानुभूति र त्यसमा पनि जसपा उम्मेदवार राजकिशोरको समर्थनले अब आफूहरू फराकिलो मतान्तरले जित्ने उनले दाबी गरे ।