जनकपुरधामको चुनावी सभा विमलेन्द्र निधिद्वारा बहिष्कार

जनकपुरधाम, २४ बैशाख । सत्तारुढ गठबन्धनले आज जनकपुरधाममा आयोजना गरेको चुनावी सभालाई नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बहिष्कार गर्ने भएका छन् ।
वक्ताहरुको नामको सूचीमा आफ्नो नाम नपरेपछि उनले चुनावी सभा बहिष्कार गर्न लागेका हुन् ।
आफ्नै गृहनगर जनकपुरधाममा हुन लागेको सभामा आफू सहभागी नभएर निधि धरान गएका छन् । उनले आफूले बोल्न नपाउने भएपछि कार्यक्रममा नआउने बताएको कांग्रेस धनुषाका एक नेताले बताए ।
कार्यक्रमका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आइसकेका छन् ।
केहीबेरमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि आउँदैछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


