जनकपुरधाम, २३ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार अजय यादवले गाउँपालिकाको समृद्ध विकास आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् ।

शुक्रबार वडा नम्बर–७ स्थित भगवतीपुर र कुमरौढामा घरदैलो अभियानको क्रममा स्थानीयवासीसँग कुराकानी गदै यादवले समृद्ध विकासका लागि दिर्घकालिन योजना आफुसँग रहेको बताएका हुन् ।

उनले भने, ‘गाउँपालिकाको समृद्ध विकासका लागि मैले गरेको परिकल्पना र सो अनुसार स्वास्थ्य, शिक्षा, कृषि, रोजगार, विकास निर्माण, यूवा लक्षित खेलकुदलगायतका विभिन्न सृजनात्मक तथा रचनात्मक कार्यक्रम प्राथमिकीकरण सहित दिर्घकालिन योजना रहेकाले मलाई स्थानीय जनताले निर्वाचित गर्नेमा ढुक्क छु ।’

बालबालिकालाई विद्यालयमा पढ्नका लागि वातावरण समेत निर्माणका लागि अभियान संचालन गर्ने, विद्यालयको सुधार गरिने, बालमैत्री, अपांग मैत्री, अभिभावक मैत्रीपूर्ण शिक्षालयको वातावरणाकुुलित बनाइने उनको योजना रहेको छ ।