सत्ता गठबन्धनभन्दा प्रतिगमन बलियो : चित्रबहादुर केसी

काठमाडौं, २३ बैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा सत्ता गठबन्धनभन्दा प्रतिगमन बलियो भएको बताएका छन् ।
शुक्रबार काठमाडौँको शान्तिबाटिकामा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त चुनावी सभामा बोल्दै अध्यक्ष केसीले नेपालमा प्रतिगमनकारी शक्ति भएको बताएका हुन् ।
‘गठबन्धनभन्दा बलियो छ प्रतिगमन, नेपालमा प्रतिगमन एक्लै छैन, ऊ अहिले पनि शक्तिशाली छ’ उनले भने ।
उनले गणतन्त्र र धर्मनिरपेक्षता जस्ता उपलब्धि खतरामा परेकाले सबैभन्दा पहिले जनमोर्चाले त्यसविरुद्ध आवाज उठाएको पनि बताए ।
उनले केसीले वामपन्थी र प्रजातन्त्रवादी राजनीतिक शक्तिहरू एक ठाउँमा उभिएपछि प्रतिगमनले घुँडा टेकेको पनि बताए । उनले पाँच दलीय गठबन्धनमा पनि प्रशस्त मतभेद रहेको पनि उल्लेख गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


