जनकपुरधाम, २३ बैशाख । धनुषाको मिथिला नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका असन्तुुष्ट नेता तथा कार्यकर्ताहरु शुक्रबार कांग्रेस प्रवेश गरेका हुन् ।

एमालेका नगर समिति सदस्य भगलु महतो, रामउदगार महतो, लक्ष्मण राय कुर्मी, महेन्द्र महतोलगायतकाहरु कांग्रेसमा प्रवेश गरेका छन् ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका मुजिम राइन, लोकतान्त्रिक समाजवादी पार्टीका सत्रुधन महतोलगायतकाहरु प्नि कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेकपा एमालेबाट मिथिला नगरपालिकाको नगरप्रमुखमा हरिनारायण महतोलाई टिकट नदिएपछि एमालेका नेताहरु असन्तुष्ट भएका थिए ।

केही दिन अघि एमालेमा टिकट वितरणको विषयलाई लिएर असन्तुष्ट रहेका नेता तथा कार्यकर्ताहरुले एमालेका सचिव रघुविर महासेठलाई कालोमोसो दल्ने प्रयास समेत गरेका थिए ।