पर्साबाट ठुलो परिमाणमा लागूऔषधसहित एक युवक पक्राउ

पर्सा, २३ बैशाख । प्रहरीले पर्साबाट ठुलो परिमाणमा लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
शुक्रवार विहान पर्साको वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा खटेको प्रहरीको नियमित चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल प्रवेश गर्दै गरेका युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
हाँतमा मोबिलको डिब्बा बोकी शंकास्पदरूपमा भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका भारतको बिहार राज्य अन्तर्गत मोतीहारी थाना रामगढवा बेलाहा–१० का २२ वर्षीय असरफ अलीलाई रोकेर चेकजाँच गर्दा मोबिलको डिब्बाबाट लागूऔषध नुरफिन २९१ एम्पुल, फेनारगन २९१ एम्पुल र डाइजेपाम २९१ एम्पुल गरी जम्मा ८७३ एम्पुल फेला परेको हो ।
पक्राउ परेका युवकलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


