महोत्तरीमा खुकुरी प्रहार गरि लुटपाट, एक महिला गम्भीर घाइते

महोत्तरी, २३ बैशाख । महोत्तरीको गौशालामा अज्ञात समूहले स्थानीय एक व्यक्तिको घरमा लुटपाट गरेको छ ।
जिल्लाको गौशाला नगरपालिका–१० जलिलटोल बस्ने जयकिशोर महतोको घरमा प्रवेश गरि अज्ञात समूहले लुटपाट गरेको हो ।
ती समूहले महतोका बुहारी निरादेवीमाथि खुकुरी प्रहार गरि नगद १ लाख १० हजार, गरगहना, टिभी, मोवाईललगायत करिव ३ लाख बराबरको धनमाल लुटेर लगेका छन् ।
घरका अन्य कोठामा बाहिरबाट चुकुल लगाएर कुटपिट गर्दै लुटपाट गरिएको पिडित जयकिशोरले बताए ।
निराको टाउकोमा खुकुरी प्रहार गर्दा उनी गम्भीर घाइते भएकी छन् । उनको टाउकोमा ४ वटा टाका लगाइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक रञ्जन मिश्रले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


