नगरको दिर्घकालिन विकासका लागि पुनः आफूलाई जिताउन मण्डलको आग्रह

जनकपुरधाम, २२ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी प्रचार प्रसार तथा घरदैलोमा व्यस्त रहेका धनुषाको हंसपुर नगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार रामज्ञान मण्डलले नगरलाई दिर्घकालिन रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बिहीबार मण्डलले घरदैलोको क्रममा उम्मेदवारहरुसँग नगरको दिर्घकालिन विकासका लागि पुनः आफूलाई जिताउन आग्रह गरेका हुन् ।
मण्डल उपप्रमुख पदकी उम्मेदवार दिपिका सदा, वडा नम्बर–२ को अध्यक्ष पदका उम्मेदवार उदय साहसँगै घरदैलोमा पुगेर मतदाताहरु समक्ष आफू अब नगरपालिका तथा स्थानीयको विकासका लागि दिर्घकालिन योजनाहरु लिएर नयाँ भिजनका साथ जनता सामु उनीहरुको आग्रहमा पुनः एक पटक आएको बताए ।
मण्डलले समृद्ध र सुन्दर हंसपुर नगर सांस्कृतिक तथा कृषि पर्यटन, प्रकृतिमैत्री उद्योग, फोहोरको दीगो व्यवस्थापन, सरसफाइलाई प्राथमिकता, वृक्षारोपण तथा हरियाली पार्कहरु निर्माण गर्ने, शान्ति र सुरक्षा नगरको आकांक्षा सुरक्षा निकायहरुलाई सशक्त बनाउँदै टोल सुधार समितिहरु गठन गरी स्थानिय तहबाट नै सुधारका कार्यक्रमहरु बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले सामुदायिक हितका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्दै राष्ट्रिय गौरवका कार्यक्रमहरु निर्माण गरी लागु गर्ने, सांस्कृतिक, कृषि तथा औद्योगिक शहरको रुपमा हंसपुरलाई विकास गर्ने, सांस्कृतिक खोज तथा अनुसन्धान गरी विभिन्न माध्यमबाट यसको प्रचार प्रसार गर्नेसमेत बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


