चितवन, २२ बैशाख । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनता सत्ता गठबन्धनलाई जिताउन आतुर रहेको बताएका छन् ।

चुनावी सभालाई सम्बोधन गर्न भरतपुर पुगेका अध्यक्ष नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको भन्दै जनताले गठबन्धनलाई जिताउने दाबी गरेका हुन् ।

उनले भने, ‘जनताले सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो भनेका छन्, प्रतिक्रिया राम्रो आइरहेको छ । भरतपुरमा केही समस्या देखिए पनि बागीलाई उम्मेदवारी फिर्ता गराउन कोशिस भइरहेको छ ।’