हेटौंडा, २२ बैशाख । मकवानपुरको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले राजीनामा दिएका छन् ।

बिहीबार नगरप्रमुख विष्टले उपप्रमुख खड्ग गोपाली समक्ष राजीनापत्र बुझाएका हुन् ।

आसन्न निर्वाचनका लागि पार्टीको चुनावी प्रचारप्रसारमा लाग्न आचारसंहिता बाधक भएकोले राजीनामा दिएको नगरप्रमुख विष्टले बताए ।

नगरप्रमुख पदमा रहेर पार्टीको कार्यक्रममा हिड्न आचारसंहिताले नदिएका कारण आफूले राजीनामा दिएको उनले बताए । माओवादी केन्द्रका आधिकारिक उमेद्वार बिष्णु बिष्ट आदर्शलाई स्थानीय निर्वाचनमा जिताउनका लागि उनले चुनावी सभामा सम्बोधन गर्नेछन् ।

थाहा नगरका मतदाताले पुन लवशेर बिष्टलाई नै नगरप्रमुखमा जिताउने बताइरहेको भएपनि विष्टले एक कार्यकाल मात्र काम गर्ने भनेर दोहोर्याएनन् ।

५ बर्ष कार्यकालमा थाहानगरको विकासमा ठुलो फड्को मारेको बर्तमान नेतृत्वलाई नै जनताले पुन जिताउन खोजेका थिए । थाहा नगर कम बेरुजु भएको स्थानीय सरकार हो ।