सप्तरी, २२ बैशाख । सप्तरीमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

जिल्लाको छिन्नमस्ता गाउँपालिका–१ वीरपुरमा मोटरसाइकलको ठक्करबाट ३५ वर्षीय एक साइकलयात्रीको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकल चालक स्थानीय १८ वर्षीय ईन्द्रजीत यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तीलाठीबाट राजविराजतर्फ जाँदै गरेको को १७ प ८५६५ नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट आउँदै गरेको साइकललाई बुधबार राति ८ बजे ठक्कर दिएको थियो ।