भारतीय पर्यटक बोकेको गाडी र जिप एकआपसमा ठोक्किँदा ५ जनाको मृत्यु

काठमाडौं, २१ बैशाख । काभ्रेमा भारतीय पर्यटक बोकेको गाडी र जिप एकआपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ ।
तीर्थयात्री बोकेको गाडी र सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबहाक जिप बुधवार मध्यान्ह १२ः१५ बजे काभ्रेको रोशी गाउँपालिका बढुवेशीमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । एक बालकसहित ५ जनाको मृत्यु भएको उनले बताए । यस्तै १८ जना घाइते भएका छन् ।
युपी ५८ टी ८१८१ नम्बरको गाडी र ना १ ज ४२१० नम्बरको जिप ठक्कर खाएको थियो । दुर्घटनामा एक यात्रुको अवस्था गम्भीर रहेको छ भने घाइतेलाई उपचारका लागि धुलिखेल अस्पतालमा भर्ना गरिएको छ ।
दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय विक्रम श्रेष्ठ, वडा नम्बर–४ का ४५ वर्षीय हरिबहादुर बल, सुनकोशी गाउँपालिका–१ की ४४ वर्षीया प्रमिला नेपाली, रामेछाप खडादेवी गाउँपालिका–८ की ३० वर्षीया सम्झना भुषाल र उनका ७ वर्षीय छोरा संगीत भुषालको मृत्यु भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


