विकास र अधिकारका लागि आफ्नो उम्मेदवारी : बिभा ठाकुर

जनकपुरधाम, २१ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा तराई मधेस लोकतान्त्रिक पार्टीको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार बिभा ठाकुरले घरदैलोलाई तिव्र पारेकी छन् ।
ठाकुरले बुधबार वडा नम्बर–४ को विश्वकर्मा चोक, मुरली चोक, वडा नम्बर–८ को बलबाटोल, आँखा अस्पताल टोल र वडा नम्बर–९ को बंसीचोकमा घरदैलो कार्यक्रम सम्पन्न गरेकी हुन् ।
ठाकुरले आफू जनकपुरधामको समस्या नजिकबाट बुझेको र त्यसको समाधान गर्नेसक्ने क्षमता आफूसँग भएकोले यसपटक विकास र अधिकारका लागि आफूले मेयर पदमा उम्मेदवारी दिएको बताइन् ।
घरदैलो कार्यक्रमको क्रममा बिभाले अधिकारको लड़ाईमा आफूले जीवन नै कुर्वान गरेको बताउँदै जनकपुरधाम उपमहानगरपालिकालाई शिक्षा प्रमुख हुँदा चिनाउने काम गरेको र यसपालि मेयरमा जितेपछि बाँकी रहेका योजनाहरुलाई पुरा गर्दै जनताको शिक्षादेखि रोजगारसम्मको नितीगत विकासको योजना कार्यान्वयनमा ल्याउने नगरवासीसँग प्रतिबद्धता जनाएकी छन् ।
उनले भनिन्, ‘म जनताको सेवामा सधैं लागिरहने छु । मैले वाचा गरेका कुरा पुरा गर्नेछु । बोलेर होइन काम गरेर देखाउँछु ।’
उनले एक पटक मौका दिन मतदातालाई आग्रह गरेकी छन् । आफू निर्वाचित हुँदा मतदातालाई कहिले पछुतो हुन नदिने ठाकुरले बताइन् । राजनीतिलाई सेवाको रुपमा लिने बिभा भन्छिन्, ‘म जनताको सेवाको लागि आएको हुँ, म जनताको सेवक हुँ ।’
उनले आफूले विगतमा गरेको काम जनताको विकासको प्रारम्भिक चरण मात्र रहेको र अब त्यसलाई पुर्णता दिन दिर्घकालिन विकासका योजनाहरु अघि बढाउने भिजन लिएर बढेको बताइन् ।
समावेशिता र उत्कृष्टताको सिद्धान्तलाई लागू गर्ने, समृद्ध र सुन्दर सीताको जनकपुरधाम बनाउने, सांस्कृतिक तथा कृषि पर्यटन, प्रकृतिमैत्री उद्योग, फोहोरको दीगो व्यवस्थापन, सरसफाइलाई प्राथमिकता, वृक्षारोपण तथा हरियाली पार्कहरु निर्माण गर्ने, शान्ति र सुरक्षा नगरको आकांक्षा सुरक्षा निकायहरुलाई सशक्त बनाउँदै टोल सुधार समितिहरु गठन गरी शान्ति र सुरक्षाका लागि स्थानिय तहबाट नै सुधारका कार्यक्रमहरु बढाउने बिभाले प्रतिबद्धता जनाएकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


